२० असार २०८३, शनिबार | July 5, 2026

सभामुख विरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिट न्यायाधीसद्वय कार्की र खड्काको इजलासमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीसद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हुनेभएको छ ।

पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसमार्फत सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध मुद्दा दायर गरेका थिए । रिटमा ओलीले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाएका थिए ।

पार्टीबाट निस्काशित व्यक्ति र सांसदको सनाखत गराएर नयाँ दल दर्ता गराएको भन्दै ओलीले निर्वाचन आयोग र नेकपा (एकीकृत समाजवादी)लाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आज सुनुवाइ हुन लागेको हो ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा माधव नेपालसहितका सांसदको पद गुम्नेछ भने अन्तरिम आदेश जारी नभएमा एमालेले संसदमा गर्दै आएको अवरोध औचित्यहीन बन्नेछ ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदसमेतले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गरिसकेको छ ।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै एमालेले संसदको चालु अधिवेशन निरन्तर अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले भने अदालतमा विचाराधीन मुद्दामाथि संसदमा बहस गर्न नसकिने बताउँदै आएका छन् । निरन्तर संसद अवरुद्ध भैरहेपछि सभामुख सापकोटाकै पहलमा आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बस्दैछ । यद्यपी सो बैठकमा एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् ।

 

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ११ : २१ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी