५ पुस २०८२, शनिबार | December 20, 2025

सभामुख विरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिट न्यायाधीसद्वय कार्की र खड्काको इजलासमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीसद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हुनेभएको छ ।

पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसमार्फत सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध मुद्दा दायर गरेका थिए । रिटमा ओलीले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाएका थिए ।

पार्टीबाट निस्काशित व्यक्ति र सांसदको सनाखत गराएर नयाँ दल दर्ता गराएको भन्दै ओलीले निर्वाचन आयोग र नेकपा (एकीकृत समाजवादी)लाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आज सुनुवाइ हुन लागेको हो ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा माधव नेपालसहितका सांसदको पद गुम्नेछ भने अन्तरिम आदेश जारी नभएमा एमालेले संसदमा गर्दै आएको अवरोध औचित्यहीन बन्नेछ ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदसमेतले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गरिसकेको छ ।

सभामुख सापकोटाले आफ्नो पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै एमालेले संसदको चालु अधिवेशन निरन्तर अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले भने अदालतमा विचाराधीन मुद्दामाथि संसदमा बहस गर्न नसकिने बताउँदै आएका छन् । निरन्तर संसद अवरुद्ध भैरहेपछि सभामुख सापकोटाकै पहलमा आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बस्दैछ । यद्यपी सो बैठकमा एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् ।

 

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ११ : २१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य