१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओलीको आक्रोश – १६ वर्षसम्म खानु खाएपछि माधव नेपालले पार्टीलाई रसातलमा पु-याएर भागे



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अब वडा सदस्य पनि नजित्ने दाबी गरेका छन् ।

झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले एमालेमा बसेर खानुसम्म खाए पनि अब वडा सदस्य नजित्ने दाबी गरेका हुन् । ओलीले प्रचण्डको पार्टीले वडा अध्यक्ष पनि नजित्ने बताउँदै माधव नेपालको पार्टीले त वडा सदस्य पनि नजित्ने दाबी गरे ।

माधव नेपालले नयाँ पार्टी चलाउनका लागि नभै एमाले कमजोर पार्न पार्टी फुटाए पनि उनको इच्छा पुरा नहुने ओलीले दाबी गरे । पार्टी र सरकार चलाउन नसक्ने मान्छेले नयाँ पार्टी बनाउँछु भन्नु हास्यास्पद भएको उनले टिप्पणी गरे । ‘१६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको उनले आरोप लगाए ।

‘पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने’, ओलीले आक्रोश पोखे ‘यो पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । त्यसपछि त चुप लाग्नु पर्दैन ? फेरि दुःख दिन थाले अध्यक्ष चाहियो भनेर ।’

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ३ : ३५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्