२१ चैत्र २०८२, शनिबार | April 4, 2026

ओलीको आक्रोश – १६ वर्षसम्म खानु खाएपछि माधव नेपालले पार्टीलाई रसातलमा पु-याएर भागे



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अब वडा सदस्य पनि नजित्ने दाबी गरेका छन् ।

झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले एमालेमा बसेर खानुसम्म खाए पनि अब वडा सदस्य नजित्ने दाबी गरेका हुन् । ओलीले प्रचण्डको पार्टीले वडा अध्यक्ष पनि नजित्ने बताउँदै माधव नेपालको पार्टीले त वडा सदस्य पनि नजित्ने दाबी गरे ।

माधव नेपालले नयाँ पार्टी चलाउनका लागि नभै एमाले कमजोर पार्न पार्टी फुटाए पनि उनको इच्छा पुरा नहुने ओलीले दाबी गरे । पार्टी र सरकार चलाउन नसक्ने मान्छेले नयाँ पार्टी बनाउँछु भन्नु हास्यास्पद भएको उनले टिप्पणी गरे । ‘१६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको उनले आरोप लगाए ।

‘पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने’, ओलीले आक्रोश पोखे ‘यो पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । त्यसपछि त चुप लाग्नु पर्दैन ? फेरि दुःख दिन थाले अध्यक्ष चाहियो भनेर ।’

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ३ : ३५ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा