१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेलाई कमजोरी गर्ने र उत्ताउलो हुने छुट छैन : घनश्याम भुसाल



बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेलाई २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउने उदघोष गरेका छन् । उनले एमालेमा आन्तरिक लोकतन्त्र बलियो बनाउन सकियो भने मात्र पनि मुलुकमा एमालेलाई हराउने शक्ति नभएको बताए ।

नेकपा एमाले रुपन्देहीका अगवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै नेता भुसालले एकाले नेताहरु जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको बताए । अध्यक्ष केपी ओलीकै उपस्थितीमा भुसालले एमालेको भूमिका जिम्मेवार हुनुपर्ने बताए । भुसालले एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट एमालेलाई नभएको स्पष्ट पारे । ‘हामी आज हामी कहाँ छौं ? एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन ।’ भेसालले भने

भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएको उल्लेख गर्दै विभाजनले लोकतान्त्रिक स्थिरता खोजेका जनताको विश्वासमा खेलवाड भएको बताए ।

आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताउँदै उनले एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने बताए । जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।

‘हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं ।’ उनले भने ,-‘हामीले जान खोजेको त्यसरी नै हो ।’

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ३ : ३८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान