२० असार २०८३, शनिबार | July 5, 2026

एमालेलाई कमजोरी गर्ने र उत्ताउलो हुने छुट छैन : घनश्याम भुसाल



बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेलाई २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउने उदघोष गरेका छन् । उनले एमालेमा आन्तरिक लोकतन्त्र बलियो बनाउन सकियो भने मात्र पनि मुलुकमा एमालेलाई हराउने शक्ति नभएको बताए ।

नेकपा एमाले रुपन्देहीका अगवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै नेता भुसालले एकाले नेताहरु जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको बताए । अध्यक्ष केपी ओलीकै उपस्थितीमा भुसालले एमालेको भूमिका जिम्मेवार हुनुपर्ने बताए । भुसालले एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट एमालेलाई नभएको स्पष्ट पारे । ‘हामी आज हामी कहाँ छौं ? एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन ।’ भेसालले भने

भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएको उल्लेख गर्दै विभाजनले लोकतान्त्रिक स्थिरता खोजेका जनताको विश्वासमा खेलवाड भएको बताए ।

आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताउँदै उनले एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने बताए । जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।

‘हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं ।’ उनले भने ,-‘हामीले जान खोजेको त्यसरी नै हो ।’

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ३ : ३८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी