१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सांकेतिक रुपमा मात्रै चाडपर्व मनाउन काठमाडौं प्रशासनको अनुरोध



काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेका हुन् । उनले यस्ता पर्व मनाउँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न अनुरोध गरेका छन्।

यस्तै, कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउन प्रशासनले आदेश गरेको छ । विद्यालयहरुले अझै पनि भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने भएका छन् ।

आदेशमा भनिएको छ, ‘शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्नरगराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’ प्रशासनले अभिभावक तथा सरोकारवाला समूहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने जनाएको छ ।

यस्तै अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ६ : १३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले