२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

सांकेतिक रुपमा मात्रै चाडपर्व मनाउन काठमाडौं प्रशासनको अनुरोध



काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेका हुन् । उनले यस्ता पर्व मनाउँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न अनुरोध गरेका छन्।

यस्तै, कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउन प्रशासनले आदेश गरेको छ । विद्यालयहरुले अझै पनि भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने भएका छन् ।

आदेशमा भनिएको छ, ‘शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्नरगराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’ प्रशासनले अभिभावक तथा सरोकारवाला समूहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्ने जनाएको छ ।

यस्तै अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ६ : १३ बजे

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा

धवलशमशेर राणाले दिए ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल दर्ताका

प्रधानमन्त्री बालेन्द्रलाई भेटे वर्षमानले, रोल्पा विपद्मा परेकाको उद्धार र पुनर्स्थापनाको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा