७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंको मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान काठमाडौंको मीनभवनस्थित कार्यालयको रिबन काटेर उद्घाटन गरेका छन् ।

पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधिको केन्द्रमा रहने बताए। उनले सबै शक्तिसँग हातेमालो गर्दै अघि बढ्ने बताए । नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजाने बताए ।

निर्वाचन आयोगबाट गत भदौ ९ गते मान्यता पाएको एकीकृत समाजवादीले अहिलेसम्म केन्द्रीय कार्यालय खोलेको थिएन । अब पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाट संचालन हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन प्रकाशन गर्ने र सामाजिक सञ्जाल संचालन गर्ने खतिवडाले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरू बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायत नेता कार्यकर्ताहरू उपस्थित थिए ।

पूजा थापा बस्नेतको नाममा रहेको पार्टी कार्यालय रहेको घर चार तल्लाको रहेको छ । जहाँ १२ वटा कोठा छन् । कार्यालयको मासिक भाडा ३ लाख रुपैयाँ रहेको नेता बेदुराम भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११