३ पुस २०८२, बिहिबार | December 18, 2025

काठमाडौंको मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन



काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान काठमाडौंको मीनभवनस्थित कार्यालयको रिबन काटेर उद्घाटन गरेका छन् ।

पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधिको केन्द्रमा रहने बताए। उनले सबै शक्तिसँग हातेमालो गर्दै अघि बढ्ने बताए । नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजाने बताए ।

निर्वाचन आयोगबाट गत भदौ ९ गते मान्यता पाएको एकीकृत समाजवादीले अहिलेसम्म केन्द्रीय कार्यालय खोलेको थिएन । अब पार्टीका सबै गतिविधि केन्द्रीय कार्यालयबाट संचालन हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन प्रकाशन गर्ने र सामाजिक सञ्जाल संचालन गर्ने खतिवडाले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरू बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायत नेता कार्यकर्ताहरू उपस्थित थिए ।

पूजा थापा बस्नेतको नाममा रहेको पार्टी कार्यालय रहेको घर चार तल्लाको रहेको छ । जहाँ १२ वटा कोठा छन् । कार्यालयको मासिक भाडा ३ लाख रुपैयाँ रहेको नेता बेदुराम भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : १९ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको