१ श्रावण २०८२, बिहिबार | July 18, 2025

‘उद्दार गर्न प्राविधिक लिएर गएका मेयरमाथि आपराधिक शैलीमा आक्रमण’



बुटवल । पहिरोको सूचना पाउँदा साथ प्राविधिक लिएर उद्धार र राहतका काम थाल्ने प्रयासस्वरुप पहिरो प्रभावित क्षेत्रमा पुगेका मेयर शिवराज सुवेदीमाथि आक्रमण भएको छ ।

बुटवल-३ का केही व्यक्तिले सुनियोजित रुपमा आक्रमण गर्न लगाएको मेयर सुवेदी निकट स्रोतले बताएको छ ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनस्थापना र तत्कालीन राहतसहित करिब डेढ करोड बराबरका सुरक्षा प्रवन्धका काम भइरहेका छन् ।

रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउँदासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी प्रभावित क्षेत्रमा जाँदा राजनीतिक इश्यु बनाउने र समुदायको आक्रोसका रुपमा चित्रित गर्ने उद्देश्यले आक्रमण प्रयास भएको  सुवेदी निकट स्रोतले बतायो छ ।

सुवेदीसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो । पहिराेले विस्थापितलाई तत्काल अस्थायी रुपमै सुरिक्षत स्थानमा व्यवस्थापन गर्ने, विस्थापित भएका पहिरो प्रभावित सबैको सुरक्षित आवासका लागि दीर्घकालीन समाधानको पहल गर्ने बारेमा उपमहानगरले मातहतका सरकारसमेत संगको सहकार्यमा योजना बनाइरहेको छ ।

‘पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्दारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ जानुभएको हो’ स्रोतले भन्यो, ‘सोहीक्रममा भिडमा कतैबाट दौडिएर आएका एकजना युवाले प्रमुखमाथि आपराधिक शैलीमा आक्रमण प्रयास गरेका हुन । उनलाई सुरक्षाकर्मीले पहिचान गरेको छ ।’

ज्योतिनगरमा क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ । त्यहाँ उपमहानगरपालिकाले उद्धार र विस्थापितको पुनस्थापनाका लागि काम गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : ४९ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको