७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘उद्दार गर्न प्राविधिक लिएर गएका मेयरमाथि आपराधिक शैलीमा आक्रमण’



बुटवल । पहिरोको सूचना पाउँदा साथ प्राविधिक लिएर उद्धार र राहतका काम थाल्ने प्रयासस्वरुप पहिरो प्रभावित क्षेत्रमा पुगेका मेयर शिवराज सुवेदीमाथि आक्रमण भएको छ ।

बुटवल-३ का केही व्यक्तिले सुनियोजित रुपमा आक्रमण गर्न लगाएको मेयर सुवेदी निकट स्रोतले बताएको छ ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनस्थापना र तत्कालीन राहतसहित करिब डेढ करोड बराबरका सुरक्षा प्रवन्धका काम भइरहेका छन् ।

रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउँदासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी प्रभावित क्षेत्रमा जाँदा राजनीतिक इश्यु बनाउने र समुदायको आक्रोसका रुपमा चित्रित गर्ने उद्देश्यले आक्रमण प्रयास भएको  सुवेदी निकट स्रोतले बतायो छ ।

सुवेदीसंगै उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो । पहिराेले विस्थापितलाई तत्काल अस्थायी रुपमै सुरिक्षत स्थानमा व्यवस्थापन गर्ने, विस्थापित भएका पहिरो प्रभावित सबैको सुरक्षित आवासका लागि दीर्घकालीन समाधानको पहल गर्ने बारेमा उपमहानगरले मातहतका सरकारसमेत संगको सहकार्यमा योजना बनाइरहेको छ ।

‘पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्दारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ जानुभएको हो’ स्रोतले भन्यो, ‘सोहीक्रममा भिडमा कतैबाट दौडिएर आएका एकजना युवाले प्रमुखमाथि आपराधिक शैलीमा आक्रमण प्रयास गरेका हुन । उनलाई सुरक्षाकर्मीले पहिचान गरेको छ ।’

ज्योतिनगरमा क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ । त्यहाँ उपमहानगरपालिकाले उद्धार र विस्थापितको पुनस्थापनाका लागि काम गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११