२४ मंसिर २०८२, बुधबार | December 11, 2025

केपी ओलीको मुद्दाको सुनुवाइ आज पनि, माधव नेपालसहित १४ सांसदको भविष्य कोरिँदै



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरेको र तिनै सांसदहरुको सनाखतमा नयाँ पार्टी दर्ता गराएको भन्दै ओलीले रिट दायर गरेका थिए ।

सो रिटमाथि सोमबार न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको थियो । तर हिजो उक्त मुद्दा ’हेर्दा हेर्दै’ मा राखिएको थियो। आज पक्ष विपक्षको बहस सकिएपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सुनुवाइ गर्नेछ ।

अन्तरिम आदेश जारी भएमा नेपालसहित १४ सांसदको पद गुम्ने अवस्था आउनेछ । यस्तै एकीकृत समाजवादीको वैधानिकतामै प्रश्न उठ्नेछ ।

नेकपा एमालेले १४ सांसदलाई पदमुक्त गर्न सूचना टाँस नगरेको भन्दै सभामुख विरुद्ध संसदमा आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ४९ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल