२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बुटवल बसपार्कमा १ महिने नि:शुल्क स्वास्थ्य शिविर शुरु



बुटवल । बुटवल बसपार्कमा १ महिने नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

लुम्बिनी बस टर्मिनल (प्रतिबिम्ब निर्माण सेवा) को आयोजनामा शुरु भएको शिविरको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका हुन । कार्तिक ६ गतेसम्म संचालन हुने शिविरमा आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने छ ।

कार्याक्रमको उद्घाटनमा बोल्दै मन्त्री शाहीले शिविरले गरिब तथा दुःखीलाई निकै सहयोग पुग्ने बताए । उनले आफू यी तिनवटै रोगबाट पिडित रहेको भन्दै प्रदेश सरकारबाट अहिलेसम्म स्वास्थ्य उपचारका लागि एक पैसा पनि नलिएको र आगामी दिनमा पनि नलिने घोषणा गरे । उनले समाज सेवा गर्ने भाव सबैमा आएमा समाज परिवर्तन हुने बताए ।

कार्यक्रममा बोल्दै अभियान्ता तथा बस टर्मिनल परिवारका अध्यक्ष हरि क्षेत्रीले यो शिविर गरिब तथा बिपन्नका लागि लाभदायक हुने बताए । उनले अति विपन्न वर्गलाई मोतिबिन्दु लागेको र उपचार खर्च अपुग भए आवश्यकता अनुसार निशुल्क उपचार समेत गरिने जानकारी दिए ।

सो अवसरमा लायन्स क्लवका ३२५ बि २ का स्टाटेजिक चिफ अर्जुनमान सैजू, पुरुषोतमभक्त प्रधानाङ्ग लगायतले बोल्दै शिबिरबाट लाभ लिन सबैलाइ आग्रह गरे । लायन्स र लियो क्लबहरुको सहआयोजना तथा बुटवल आँखा अस्पतालको मुख्य सहयोगमा शिविर शुरु गरिएको हो ।

शिविरलाई लायन्स क्लब अफ बुटवल मुक्तिनाथ, लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटि,लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दले सहयोग गरेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ४२ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा