५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवल बसपार्कमा १ महिने नि:शुल्क स्वास्थ्य शिविर शुरु



बुटवल । बुटवल बसपार्कमा १ महिने नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

लुम्बिनी बस टर्मिनल (प्रतिबिम्ब निर्माण सेवा) को आयोजनामा शुरु भएको शिविरको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका हुन । कार्तिक ६ गतेसम्म संचालन हुने शिविरमा आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने छ ।

कार्याक्रमको उद्घाटनमा बोल्दै मन्त्री शाहीले शिविरले गरिब तथा दुःखीलाई निकै सहयोग पुग्ने बताए । उनले आफू यी तिनवटै रोगबाट पिडित रहेको भन्दै प्रदेश सरकारबाट अहिलेसम्म स्वास्थ्य उपचारका लागि एक पैसा पनि नलिएको र आगामी दिनमा पनि नलिने घोषणा गरे । उनले समाज सेवा गर्ने भाव सबैमा आएमा समाज परिवर्तन हुने बताए ।

कार्यक्रममा बोल्दै अभियान्ता तथा बस टर्मिनल परिवारका अध्यक्ष हरि क्षेत्रीले यो शिविर गरिब तथा बिपन्नका लागि लाभदायक हुने बताए । उनले अति विपन्न वर्गलाई मोतिबिन्दु लागेको र उपचार खर्च अपुग भए आवश्यकता अनुसार निशुल्क उपचार समेत गरिने जानकारी दिए ।

सो अवसरमा लायन्स क्लवका ३२५ बि २ का स्टाटेजिक चिफ अर्जुनमान सैजू, पुरुषोतमभक्त प्रधानाङ्ग लगायतले बोल्दै शिबिरबाट लाभ लिन सबैलाइ आग्रह गरे । लायन्स र लियो क्लबहरुको सहआयोजना तथा बुटवल आँखा अस्पतालको मुख्य सहयोगमा शिविर शुरु गरिएको हो ।

शिविरलाई लायन्स क्लब अफ बुटवल मुक्तिनाथ, लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटि,लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दले सहयोग गरेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ४२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं