१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रोटरीद्धारा चिल्ड्रेन पार्क सफाई



बुटवल । रोटरी क्लब अफ डाउनटाउनको अगुवाईमा रोट्याक्ट क्लब अफ बुटवल रामापिथेकस, बुटवल डाउनटाउन, बुटवल सिनर्जीका युवाहरु र नेपाली सेनाको श्री नं २२ बाहिनी अड्डा योगिकुटीका सेनाहरुले आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालस्थित चिल्ड्रेन पार्क सरसफाई गरेको छ ।

कार्यक्रमको रोटरी ईन्टरनेश्नल जोन २३ का एजी डा. नारायण प्रसाद पन्थले औपचारिक रुपमा उद्घाटन गर्दै सामाजिक क्षेत्रमा रोटरीको महत्त्वपूर्ण योगदान रहेको बताए ।

क्लबका अध्यक्ष जबिन कक्षपतिले मानविय सेवा भावनाका साथ स्थापना भएको रोटरीको मुलमर्म अनुसार नै निरन्तर कार्यक्रम गरिएको बताए । पुर्व अध्यक्षहरुबाट गरिएका नमुना कामहरुलाई आत्मसात गर्दै निरन्तरता दिदै आएको उनले बताए ।

कार्यक्रममा जोन २१ एजी जीवन अधिकारी, रोटरी डिष्ट्रिक पोलियो चेयर राजेन्द्र ढकाल, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, पंकज ज्ञवाली, रामेपिथेकसका अध्यक्ष विजय कार्किले मानिसमा सामाजिक विकास महत्वपूर्ण भएको बताए ।

नेपाली सेनाको श्री नं २२ बाहिनी अड्डा योगिकुटी ब्यारेकका मेजर झपेन्द्र चौधरीको नेतृत्वमा आएको सेनाको सहयोगमा कार्यक्रम गरिएको हो । सन २००३ मा अध्यक्ष ध्रुव तुलाचनको कार्यकालमा चिल्ड्रेन पार्क स्थापना गरिएको थियो ।

करीब १ विगाहा क्षेत्रफलमा अस्पतालमा उपचारमा आउने बालबालिकाहरुलाई भुलाउने गरि पिङ, फुलबारी गार्डेन लगायत पुर्वाधार निर्माण गरिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ४० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान