३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रोटरीद्धारा चिल्ड्रेन पार्क सफाई



बुटवल । रोटरी क्लब अफ डाउनटाउनको अगुवाईमा रोट्याक्ट क्लब अफ बुटवल रामापिथेकस, बुटवल डाउनटाउन, बुटवल सिनर्जीका युवाहरु र नेपाली सेनाको श्री नं २२ बाहिनी अड्डा योगिकुटीका सेनाहरुले आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालस्थित चिल्ड्रेन पार्क सरसफाई गरेको छ ।

कार्यक्रमको रोटरी ईन्टरनेश्नल जोन २३ का एजी डा. नारायण प्रसाद पन्थले औपचारिक रुपमा उद्घाटन गर्दै सामाजिक क्षेत्रमा रोटरीको महत्त्वपूर्ण योगदान रहेको बताए ।

क्लबका अध्यक्ष जबिन कक्षपतिले मानविय सेवा भावनाका साथ स्थापना भएको रोटरीको मुलमर्म अनुसार नै निरन्तर कार्यक्रम गरिएको बताए । पुर्व अध्यक्षहरुबाट गरिएका नमुना कामहरुलाई आत्मसात गर्दै निरन्तरता दिदै आएको उनले बताए ।

कार्यक्रममा जोन २१ एजी जीवन अधिकारी, रोटरी डिष्ट्रिक पोलियो चेयर राजेन्द्र ढकाल, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, पंकज ज्ञवाली, रामेपिथेकसका अध्यक्ष विजय कार्किले मानिसमा सामाजिक विकास महत्वपूर्ण भएको बताए ।

नेपाली सेनाको श्री नं २२ बाहिनी अड्डा योगिकुटी ब्यारेकका मेजर झपेन्द्र चौधरीको नेतृत्वमा आएको सेनाको सहयोगमा कार्यक्रम गरिएको हो । सन २००३ मा अध्यक्ष ध्रुव तुलाचनको कार्यकालमा चिल्ड्रेन पार्क स्थापना गरिएको थियो ।

करीब १ विगाहा क्षेत्रफलमा अस्पतालमा उपचारमा आउने बालबालिकाहरुलाई भुलाउने गरि पिङ, फुलबारी गार्डेन लगायत पुर्वाधार निर्माण गरिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ४० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र