२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

टुङ्गो लाग्यो काँग्रेस पूर्व सभापति स्वर्गिय सुशिल कोईरालाको गृह जिल्ला बाँकेको सदस्यता विवाद



नेपालगन्ज । नेपाली काँग्रेसको पूर्व सभापति सुशिल कोईरालाको गृह जिल्लाकारुपमा चिनिने बाँके जिल्लाको काँग्रेस सक्रिय सदस्यता विवाद नेताहरुले टुङ्गो लगाएका छन् । वर्तमान सभापति शेरवहादुर देउवाले आफ्नो वर्चश्व रहेको जिल्लाकारुपमा दाबी गरेको बाँकेको सक्रिया सदस्यता विवाद लामो अभ्यास पछि आज टुङ्गो लागेको हो ।

बाँके सहित ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउँदै आज निर्वाचन समितिलाई सदस्यता सूची बुझाइएको काँग्रेस केन्दीय कार्यालयले जनाएको छ । बाँके सहित महोत्तरी, सिरहा, डोल्पा र सुर्खेतको सदस्यता सूची प्राप्त भएको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिएका छन् ।

काँग्रेसले ७ वटा जिल्लाको सक्रिय सदस्यता विवाद अझै सुल्झाउन सकेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएको जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । सदस्यता टुङ्गो लागेका पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने सदस्य पोखरेलले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : ४१ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६