२१ असार २०८३, आइतबार | July 5, 2026

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन ।

संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान १० बजे बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले भने, ‘पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको छ ।’

सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक पनि बहिस्कार गरेका थिए । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ८ : ४७ बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को