२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमालेले सर्वदलीय बैठक किन बहिष्कार गर्‍यो ? अरू को-को जाँदैछन् ?



काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेपनि संसद्‍मा प्रतिनिधित्व गर्ने अन्य दल भने सहभागी हुने भएका छन् ।

एमालेले आफूले हटाएका १४ सांसदलाई कारबाहीको सूचना टाँस गरी सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रसस्त नगरेसम्म संसद् गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने जनाएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सहभागी भएर संसद गतिरोध अन्त्यका लागि गरिने छलफलको कुनै औचित्य नभएकाले सहभागी नहुने बताए ।

उनले सभामुखसमेत यो प्रकरणमा दोषी रहेको भन्दै सभामुखले डाकेको छलफल पनि यसअघि बहिष्कार गरेको स्मरण गर्दै भने, ‘विगतमा सभामुखले डाकेको बैठकमा पनि गएनौँ, अहिले संसद् चलाउने विषयमा हुने भनिएको छलफलमा पनि हाम्रो सहभागिता रहँदैन ।’

एमालेले बहिष्कार गरेपनि सत्ता गठवन्धन दलका शीर्ष नेतासहित राप्रपा, नेमकिपा र लोकतान्त्रिक समाजवादी पार्टीले भने बैठकमा जाने बताएका छन् । अपराह्न ३ बजे डाकिएको बैठकमा संसद् गतिरोध हटाउने उपायमा छलफल गर्ने भनिएको छ । तर, संसद अवरोध गरिरहेको दल नै बैठकमा सहभागी नहुने भएपछि बैठकले कुनै निष्कर्ष निकाल्न सक्ने अवस्था भने छैन ।

बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले भने एमाले सहमतिमा नआउने अवस्था आए संसद् चलाउनुको औचित्य नहुने भन्दै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने निष्कर्ष निकालिसकेको सो पार्टीका नेता देव गुरुङले बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : २७ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन