४ भदौ २०८३, बिहिबार | August 20, 2026

बालुवाटारमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार



प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु, प्रमुख प्रतिपक्षी दल एमालेद्वारा बहिस्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको छ । एमालेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी समेत सहभागी भएको बैठकमा नजाने भन्दै बहिस्कार गरेको हो ।

एमालेले आफुले कारवाही गरेर निकालेका व्यक्तिहरु सम्मिलित पार्टीलाई मान्यता नदिने जनाएको छ । एकीकृत समाजवादी विरुद्ध एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।

एमालेले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो । एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई कारवाहीको सूचना टाँस नगरेको भन्दै सभामुख विरुद्ध निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ०० बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका