१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सर्वदलीय बैठक : एमाले संवादबाट भाग्न खोज्यो -सरकार, सहमतिका लागि प्रयास गर्न दलहरुको सुझाव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि सरकारले एमाले सम्वादबाट भाग्न खोजेको टिप्पणी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल संवाद् र वार्ताबाट भाग्न खोजेको बताए । कार्कीले मुलुककको आवश्यकता सहमति र सहकार्य भएको बताउँदै भने, ‘उहाँहरु उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’

बैठकमा प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष ओली सहभागी नभएपनि फेरि आफुले बोलाउने बताएका थिए ।

बैठकमा सहभागी दलका शीर्ष नेताहरुले संसदलाई निर्वाध रुपमा संचालन गर्नका लागि सकारात्मक बन्न प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनीहरुले सरकारले र सभामुखले पनि संवाद्को प्रक्रियालाई जारी राख्नुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । गत भदौ २३ गतेदेखि सुरु भएको संघीय संसदलाई एमालेले निरन्तर अवरोध गर्दै आएको छ । आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले पदत्यागको सूचना प्रकाशित नगरेको भन्दै आक्रोशित बनेको एमालेले सभामुख विरुद्ध संसदमा रोष्टम घेराउ गर्दै आएको छ ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा ९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका थिए ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ३० बजे

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत