कोरोनाका १०६६ नयाँ संक्रमित थपिए, ९३८ जना संक्रमणमुक्त

खबर कुरा
१५ आश्विन २०७८, शुक्रबार
                 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको पछिल्लो तथ्यांक अनुसार १३ हजार ३६८ जनामा गरिएको परीक्षणमा १ हजार बढी संक्रमित थपिएका हुन् ।

२४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा १३ जनाको मृत्यु भएको छ ।

आज देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*