२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बिहिबारबाट बुटवलमा दशैं सस्तो बजार : तीस स्टलमा एक बस्तु, एक पसल



बुटवल । बडा दशैंलाई लक्षित गर्दै बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सञ्चालन गर्ने भएको छ ।

संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले जानकारी दिए । सस्तो बजार परिषरमा एक बस्तुको एउटा मात्रै स्टल राखिने श्रेष्ठले बताए ।

दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईने संघका अध्यक्ष उज्वलप्रसाद कसजूले जानकारी बताए । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको भएपनि कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन । यसवर्षबाट पुनः सस्तो बजार शुरु गर्न लार्गिको अध्यक्ष कसजुले बताए ।

यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको सस्तो बजार सस्तो बजारको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामाग्रि, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : १९ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका