७ आश्विन २०८३, बुधबार | September 23, 2026

कपिलवस्तुको बहादुरगञ्जको महामारी नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको झाडापखालाको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिएका छन् ।

आज विहानदेखी फैलिएको झाडापखाला प्रकृतिको महामारीको समस्या नियन्त्रण आउन नसकेपछि तुरुन्त नियन्त्रणका लागि ठोस कदम चाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगिया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजाका विरामी फेला परेको बताईएको छ । महामारीको जानकारी पाए लगत्तै मुख्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई बोलाएर रोकथामका लागि निर्देशन दिएका हुन् । उनले त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिनका लागि स्वास्थ्य सचिव देवकोटालाई निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीको निर्देशनसँगै प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलवस्तुबाट चिकित्सक सहितको टोलि परिचालन गरिएको स्वाथ्य मन्त्रालयको सचिव देवकोटाले जानकारी दिए । देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल र कपिलवस्तु अस्पतालमा उपचारको व्यवस्था मिलाईएको बताए ।

मन्त्रालयले पानीका कारण हैजा पैलिएको अनुमान गरेको छ । बुधबारसम्म महामारी नियन्त्रण हुने समेत मन्त्रालयले दाबी गरेको छ ।
शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि निजि क्लिनिकमा उपचार गराईरहेका ३ जना झाडापखालाका विरामीको आजै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई