२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कपिलवस्तुको बहादुरगञ्जको महामारी नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको झाडापखालाको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिएका छन् ।

आज विहानदेखी फैलिएको झाडापखाला प्रकृतिको महामारीको समस्या नियन्त्रण आउन नसकेपछि तुरुन्त नियन्त्रणका लागि ठोस कदम चाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगिया, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजाका विरामी फेला परेको बताईएको छ । महामारीको जानकारी पाए लगत्तै मुख्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई बोलाएर रोकथामका लागि निर्देशन दिएका हुन् । उनले त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिनका लागि स्वास्थ्य सचिव देवकोटालाई निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीको निर्देशनसँगै प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलवस्तुबाट चिकित्सक सहितको टोलि परिचालन गरिएको स्वाथ्य मन्त्रालयको सचिव देवकोटाले जानकारी दिए । देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल र कपिलवस्तु अस्पतालमा उपचारको व्यवस्था मिलाईएको बताए ।

मन्त्रालयले पानीका कारण हैजा पैलिएको अनुमान गरेको छ । बुधबारसम्म महामारी नियन्त्रण हुने समेत मन्त्रालयले दाबी गरेको छ ।
शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि निजि क्लिनिकमा उपचार गराईरहेका ३ जना झाडापखालाका विरामीको आजै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ४७ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ