१ पुस २०८२, मंगलबार | December 17, 2025

विद्यालयहरुमा खेलकुदलाई आधारभूत तथा अनिवार्य विषयका रुपमा समावेश गरिने खेलकुद मन्त्री ‘अथक’को घोषणा



नेपालगन्ज । संघिय सरकारका यूवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज ‘अथक’ले खेलकुदको विकास र देशको समृद्धिका लागि विशेष नीति बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाँकेको कोहलपुरमा आएका मन्त्री गहतराजले नेपालको खेल क्षेत्रलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउनका लगि मन्त्रालयले विशेष नीति बनाउने बताए । उनकै निर्वाचन क्षेत्रको नेकपा माओवादी केन्द्रले राखेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री गहतराजले मन्त्री रहँदा सम्म राम्रो गर्ने प्रयास गर्ने तर राम्रो काम गर्न नसक्दा नराम्रो काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले आफु मन्त्री बनेपछिको पहिलो निर्णय नै कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाउने निर्णय गरेको स्मरण गर्दै कोहलपुर क्षेत्र महिला क्रिकेटको उर्जर भूमि भएकाले भौतिक संरचना निर्माणका लागि बजेटको व्यस्थापन गर्ने आश्वासन दिए ।

उनले प्रत्येक विद्यालयहरुमा खेलकुदलाई आधारभूत तथा अनिवार्य विषयका रुपमा समावेश गर्ने लक्ष्यका साथ काम गर्ने जनाउँदै खेल क्षेत्रलाई देशको विकास र समृद्धिसँग जोड्ने समेत बताए ।

 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ४५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष