२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नेपालमा २७२ नयाँ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ २७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१२ जनाको पीसीआर र एन्जिेन परिक्षण गर्दा पीसीआर विधिबाट २४० तथा एन्टिजेन विधिबाट ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९ जना, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा नेपालमा ७ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नेपालमा आज सम्ममा ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । आजको मृत्युको संख्या सँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ ।

देशभर १३ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ०१ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास