२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालमा २७२ नयाँ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ २७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१२ जनाको पीसीआर र एन्जिेन परिक्षण गर्दा पीसीआर विधिबाट २४० तथा एन्टिजेन विधिबाट ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९ जना, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा नेपालमा ७ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । नेपालमा आज सम्ममा ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । आजको मृत्युको संख्या सँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ ।

देशभर १३ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ०१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले