२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

खेलकुद क्षेत्रमा बाँकेलाई नयाँ उचाईमा पुर्‍याउने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता



नेपालगन्ज । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले आइतबार बिहान नेपालगन्जमा गरेको संयुक्त सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै मनत्री गहतराजले आफुले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गदैं बाँकेलाई नयाँ उचाईमा पुर्‍याउने प्रतिबद्धता त्तयक्त गरेका हुन् ।

उनले खेलकुद क्षेत्रका विज्ञको सल्लाह सुझाव अनुसार जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्‍याउने बताए ।‘बाँके जिल्लाले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो ।’ उनले भने -‘युवा लगायत खेलकुद क्षेत्रका समस्याहरूलाई समाधान गर्न लागि पर्नेछु ।’

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका गहतराजले दसैंको टिका भने लगाएनन् । जिल्ला बसाईका क्रममा उनले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलाडी, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : १४ बजे

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

चलचित्र परानले ग¥यो करिब १७ करोडको व्यापार, अरुको कति ?

काठमाडौं । पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन