२ कार्तिक २०८३, सोमबार | October 20, 2026

पार्टी विरोधी गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि एमाले एक ढिक्का बनेको छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको बताएका छन् ।

देशभरका ६ हजार बढी एमालेको वडा अधिवेसनको एकै पटक भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले खराव तत्वहरू बाहिरएपछि एमाले एकढिक्का बनेको बताएका हुन् ।

प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको बताउँदै उनले विभाजनबाट पार्टीमा सकारात्मक प्रभाव परेको दाबी गरे ।

पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं । ओलीले भने, -‘आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जति गर्ने खालको प्रवृत्ति अब छैन । यो एउटा खुशीको कुरा हो ।’

ओलीले हालै वर्षा र बाढी-पहिरोका कारण क्षति भोगेका कृषकलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग पनि गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १ : १८ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट