४ चैत्र २०८२, बुधबार | March 18, 2026

१२ देखि १८ वर्ष उमेर समुहलाई लगाउन १ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो



काठमाडौं । अमेरिकाद्वारा नेपाललाई अनुदानमा उपलब्ध गराइएको १ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज खोप दिएको हो । सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।

नेपाल ल्याइएको यो फाइजर खोप १२ देखि १८ वर्ष उमेर समुहलाई लगाउन मिल्ने छ ।

१२ देखि १८ वर्ष उमेरका दीर्घरोगी किशोर–किशोरीलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताएका छन् । खोप सीमित मात्रामा आएका कारण तत्काल सबैलाई लगाउन सक्ने अवस्था नरहेको पौडेलले बताए ।

यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज जानसेन खोप सहायता गरेको थियो । सो खोप एक डोज लगाएमात्र पुग्थ्यो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : १७ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत