२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

सर्वोच्च अदालतमा अशोभनीय ढंगले गुटबन्दी बढ्यो : ओली



विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालत संविधानको भावना र मर्म अनुसार चल्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताएका हुन् । ओलीले भने, ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।’

ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताए । उनले सर्वोच्च अदालतभित्र अशोभनीय गुटबन्दी बढेको भन्दै त्यहाँभित्रको दाउपेचमा आफुहरुलाई फस्नु नरहेको जिकिर गरे । ओलीले अहिलेको परिणाम ‘परमादेश’भन्दा अघि कै सेटिङबाट आएको दाबी गरे । ‘अदालतमा के सेटिङ हो, कस्तो सेटिङ हो हेर्दैछौं हामी,’ ओलीले भने

‘यस प्रकारका क्रियाकलाप सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन ओलीले भने, ‘अदालत लोकतन्त्रको एउटा स्तम्भ हो । हाम्रो चिन्ता अदालतको विश्वसनीयताबारे हो। अदालत देशको महत्वपूर्ण अंगको रूपमा रहोस्, दलीय गुटबन्दीमा फस्नु हुँदैन ।’ तर संचारकर्मीले ओलीकै पालाबाट अदालतमा राजनीति छिरेको बारे गरेको प्रश्नको जवाफ दिन भने उनी उम्किए ।

अध्यक्ष ओलीले अहिलेको संसदले कुनै काम गर्न नसकेको भन्दै फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताए । उनले सरकारको कार्यशैली भद्रगोल रहेको आरोप लगाए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : १९ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा