२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानन्यायाधीस र १५ न्यायाधीसबीच सर्वोच्च अदालमा छलफल सुरु



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

१३ जना न्यायाधीसहरुको सोमबार बसेको बैठकले निकासका लागि प्रधानन्यायाधीस जवरासँग भेट गर्ने निर्णय गरे अनुसार जवरा र न्यायाधीसहरुकाबीच छलफल सुरु भएको हो । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीसँग बसेर छलफल गर्ने सम्बन्धमा फुल कोर्ट बहिस्कार गरेका न्यायाधीसहरुको बैठकले निर्णय गरेका थिए ।

प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आज पनि आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि चौतर्फी राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्चका पूर्व प्रधानन्यायाधीसहरु सहित सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले पनि उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । नेपाल बारले सोमबार बैठक बसेर प्रधानन्यायाधीसले राजीनामा दिएर अदालतको गरिमा बचाउनु पर्ने निष्कर्श निकालेको थियो । नेपालबारले आज सल्लाहकार समितिको बैठक बोलाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ३४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष