६ भदौ २०८३, शनिबार | August 22, 2026

प्रधानन्यायाधीस र १५ न्यायाधीसबीच सर्वोच्च अदालमा छलफल सुरु



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

१३ जना न्यायाधीसहरुको सोमबार बसेको बैठकले निकासका लागि प्रधानन्यायाधीस जवरासँग भेट गर्ने निर्णय गरे अनुसार जवरा र न्यायाधीसहरुकाबीच छलफल सुरु भएको हो । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीसँग बसेर छलफल गर्ने सम्बन्धमा फुल कोर्ट बहिस्कार गरेका न्यायाधीसहरुको बैठकले निर्णय गरेका थिए ।

प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आज पनि आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि चौतर्फी राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्चका पूर्व प्रधानन्यायाधीसहरु सहित सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले पनि उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । नेपाल बारले सोमबार बैठक बसेर प्रधानन्यायाधीसले राजीनामा दिएर अदालतको गरिमा बचाउनु पर्ने निष्कर्श निकालेको थियो । नेपालबारले आज सल्लाहकार समितिको बैठक बोलाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ३४ बजे

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय