५ आश्विन २०८१, शनिबार | September 21, 2024

एमाले अध्यक्ष ओलीको माग – परमादेश दिने सबै न्यायाधीसहरुले राजीनामा दिनुपर्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्र्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने प्रधानन्यायाधीससहित पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट एमालेको देशभरका पालिकास्तरको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।

ओलीले न्यायाधीसहरु नै पोल खोलाखोलमा लाग्दा अदालतप्रति जनताको भरोसा टुटेको टिप्पणी गरे । उनले न्यायाधीशहरुले नै सर्वोच्चको मान मर्नन गरेको बताए । उनले सर्वोच्च अदालतमा तमासा देखिएको भन्दै भने, ‘श्रीमान् न्यायाधीशहरु कसले के के गरेका थिए ? अहिले आफैँ उधिन्न थालेका छन् । सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश गरेका थिए भने एकजनाको मात्रै किन राजीनामा माग्नु हुन्छ श्रीमानहरू ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त हुन्छ।’

मंगलबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई भेट गरेका न्यायाधीसहरुलाई जबराले आफ्नो राजीनामा माग्ने हो भने आरोप लागेका सबै न्यायाधीसले राजीनामा दिनुपर्ने बताएका थिए । ओलीले समेत जबरालाई समर्थन पुग्ने गरी आफ्नो राय व्यक्त गरेका छन् ।

ओलीले लोकतन्त्रमा जनताको आशा भरोसा न्याय प्रणालीप्रति हुनुपर्नेमा त्यस्तो नभएको बताए । ‘अन्त न्याय नपाए अदालत गएपछि पाइन्छ भन्ने हुनुपर्छ । तर के आज त्यो स्थिति छ’ ओलीले प्रश्न गरे । अध्यक्ष ओलीले शक्ति पृथकीकरणका आधारमा चल्नुपर्ने राज्यका तीनवटै निकायहरू असफल भइसकेको दाबी गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : १६ बजे

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन