१ कार्तिक २०८३, आइतबार | October 18, 2026

प्रधानन्यायाधीसले तोके आफुहितको ११ इजलास, इजलास बस्ने सम्भावना निकै कम



काठमाडौं । सहकर्मी न्यायाधीसहरु लगायतले राजीनामाको माग गरिरहेको अवस्थामा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजका लागि ११ वटा इजलास तोकेका छन् ।

प्रधानन्यायाधीस राणाले आफुसहितको इजालास तोकेपनि न्यायाधीसहरुले दुई दिन यता निरन्तर इजलास बहिस्कार गर्दै आएका छन् । आज पनि न्यायाधीसहरु अलग्गै छलफलमा बस्न लागेका छन् ।

कार्यपालिकासँग बार्गेनिङ गर्दै आफु अनुकुलका व्यक्तिहरुलाई नियुक्ति दिलाएको, न्यायालय सुधारमा पहल नगरेको, न्यायापालिकाको मर्यादामा आँच पुर्याउने काम गरेको लगायतका आरोप लगाउँदै न्यायसम्वद्ध संघसंस्थाहरुले राणाको राजीनामा मागिरहेका छन् ।

सहकर्मी न्यायाधीसहरुले नै राणालाई राजीनामाको विकल्प नभएको दबाब दिइरहेका छन् । यद्यपी राणाले भने राजीनामाको मागलाई अस्वीकार गर्दै विवादमा तानिकाएका सबै न्यायाधीसले राजीनामा दिए मात्र आफुले पनि राजीनामाबारे सोच्ने जवाफ फर्काएका छन् । राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएका कारण कसैले राजीनामा माग्दैमा नदिने बतएका छन् ।

प्रधानन्यायाधीस विवादकै कारण सर्वोच्चमा दुईदिनदेखि कुनै सुनुवाइ हुन सकेको छैन ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीस राणाले राजीनामा नदिए देशभरका अदालतमा बहस बहिस्कार गर्ने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीसहरु, पूर्व न्यायाधीस फोरम लगायतले पनि राणाले निकास दिनुपर्ने बताइसकेका छन् ।

 

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : २० बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल