पछिल्लो २४ घण्टामा ६७२ जना नयाँ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

खबर कुरा
१० कार्तिक २०७८, बुधबार
                 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार ८८० र एन्टिजेनबाट ९४ हजार ३०५ जना पुगेको छ ।

यस्तै, आज थप ४९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । निको हुने दर ९७।३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*