२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

पासपोर्ट लिनेको भीड ह्वात्तै बढ्यो



काठमाडौं । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए ।

परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडकमार्ग पटक–पटक अवरुद्ध हुन पुगेको थियो ।

विभागका कर्मचारी कृष्णहरि घिमिरेले भने, “जागिर खाएको यत्रो वर्ष भयो तर राहदानी बनाउनेको भीड यसैपाला देखेको हो ।” अति भीडका कारण विभागका कर्मचारीलाई पनि व्यवस्थापन गर्न हम्मे-हम्मे परेको उनले बताए ।

अचाक्लीको भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको थियो । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु गर्दै छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ ।

तर, अचेल अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई-डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको अनुमान कर्मचारी घिमिरे गर्छन् । त्यो भिसा आवेदनका लागि गत सालदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ । विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रका नम्बरले काम गथ्र्यो तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ ।

अर्को सातासम्म मात्र आवेदनको मिति रहेको हुनाले तिहारको मुखमा राहदानी बनाउनेको लर्को लागेको विभागका कर्मचारी बताउँछन् । विभागमा दैनिक आठ सयको हाराहारी मात्र राहदानी जारी गर्ने गरिन्छ । धेरै मानिस आएपछि अन्य दिनको टोकन पनि आइतबार नै बाँडिएको छ । टोकन लिएकाले सोअनुसार राहदानीका लागि भरेको आवेदन दर्तासहित राहदानी पाउने छन् ।

यस आर्थिक वर्षको गत सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता हालसम्म ६७ लाख ५९ हजार ९८३ थान राहदानी जारी भएका छन् ।

यसरी भीड बढ्दा पुरानो राहदानीको खपत ह्वात्तै बढेको छ । विद्युतीय राहदानी जारी हुँदासम्म केही थान राहदानी मौज्दात रहने अनुमान विगतमा गरिए पनि अब त्यो मुस्किल हुँदै गएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : १० बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s