३ पुस २०८२, बिहिबार | December 18, 2025

छठ लगत्तै अधिवेशन गर्न बाँकी १३ जिल्लामा वडा अधिवेशन गर्ने काँग्रेसको तयारी



काठमाडौँ । नेपाली कांग्रेसले सदस्यता बिवादका कारण अधिवेशन गर्न बाँकी रहेको १३ जिल्लाको अधिवेशनको तयारी अगाडि बढाएको छ । क्रियाशील सदस्य विवादको कारण महाधिवेशन हुन नसेको १३ जिल्लामा कांग्रेसले छठलगतै वडा अधिवेशन गर्ने तयारी गरेको हो ।

क्रियाशिल सदस्यता बिवादकै कारण कांग्रेसको प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन भएको छैन । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन गर्न बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाउको छ । केन्द्रीय कार्यालयले जनाए अनुसार रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन काँकी छ।

६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसले कात्तिक २७ गते बाँकी रहेको जिल्लाका वडा अधिवेशन गर्ने केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा गर्ने तय गरिसकेको छ । यसअघि मताहतका कमिटीको अधिवेशन गर्नुपर्ने काँग्रेस विधानमा व्यवस्था छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : ४३ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित