११ पुस २०८२, शुक्रबार | December 26, 2025

१४३ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

४ हजार ८४४ जनामा गरिएको परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको छ । यस्तै ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६३ जना निको भएका छन् । यस्तै, कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । यस्तै, ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् भने मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

आज देशभर ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् । ५८९ जना संस्थागत आइसोलेसनमा, १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यसैगरी ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : १३ बजे

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा