११ श्रावण २०८३, सोमबार | July 27, 2026

नयाँगाउँको आगलागीबाट ५० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान



बुटवल । सोमबार बुटवलको नयाँगाउँमा भएको आगलागीबाट झण्डै ५० लाख बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित नयाँगाउँ माध्यमिक बिद्यालय अगाडीको चोकमा साँझ ५ः३० बजेबाट लागेको आगो ४ घण्टाको लगातार प्रयासमा ९ः३० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

सडक कालोपत्रे गर्ने अलकत्रा पगाल्ने क्रममा लागेको आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने अन्य २ घरमा पनि क्षति पुगेको छ । आगलागिबाट स्थानीय गोपाल पाण्डे र मिना मरासीनी सहित थप १ जनाको घरमा क्षति पुगेको थियो। पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको थियो । राती अबेर प्रहरीले गरेको आँकलनमा आगलागीबाट ४० देखि ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठग बहादुर केसीले जानकारी दिए ।

आगलागीबाट मानविय तथा पशु चौपायामा कुनै क्षेति नभएको समेत प्रहरीले जनाएको छ । आगलागीमा आफ्नो परिवार सुरक्षित रहेको भन्दै आगलागी पीडित गोपाल पाण्डेले फेसबुक स्टाटस राखेका छन् ।

नोट : सोमबार प्रकाशित यसै सम्बन्धी समाचारको शिर्षकमा नयाँगाउ हुनुपर्नेमा भुलवस नयाँमिल हुन गएकोले पाठकमा पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौं ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच