२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नयाँगाउँको आगलागीबाट ५० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान



बुटवल । सोमबार बुटवलको नयाँगाउँमा भएको आगलागीबाट झण्डै ५० लाख बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित नयाँगाउँ माध्यमिक बिद्यालय अगाडीको चोकमा साँझ ५ः३० बजेबाट लागेको आगो ४ घण्टाको लगातार प्रयासमा ९ः३० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

सडक कालोपत्रे गर्ने अलकत्रा पगाल्ने क्रममा लागेको आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने अन्य २ घरमा पनि क्षति पुगेको छ । आगलागिबाट स्थानीय गोपाल पाण्डे र मिना मरासीनी सहित थप १ जनाको घरमा क्षति पुगेको थियो। पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको थियो । राती अबेर प्रहरीले गरेको आँकलनमा आगलागीबाट ४० देखि ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठग बहादुर केसीले जानकारी दिए ।

आगलागीबाट मानविय तथा पशु चौपायामा कुनै क्षेति नभएको समेत प्रहरीले जनाएको छ । आगलागीमा आफ्नो परिवार सुरक्षित रहेको भन्दै आगलागी पीडित गोपाल पाण्डेले फेसबुक स्टाटस राखेका छन् ।

नोट : सोमबार प्रकाशित यसै सम्बन्धी समाचारको शिर्षकमा नयाँगाउ हुनुपर्नेमा भुलवस नयाँमिल हुन गएकोले पाठकमा पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौं ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज