७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सुदुरपश्चिममा ‘अपानी’ लागु नभएकोमा भीम रावलको आपत्ति



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदुरपश्चिम प्रदेशमा पार्टी केन्द्रीय कमिटीको अपानी लागु नभएकोमा आपत्ति जनाएका छन् ।

रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज हुने भनिएको सुदुरपश्चिम प्रदेशको बैठक १० बुँदे सहमति र अपानी १२ विपरित रहेको जिकिर गरेका छन् । रावलले बैठकलाई गुटबन्दीको नमूना भएको टिप्पणी गरेका छन् ।

उनले झापामा लागु हुने अपानी सुपमा लागु किन नहुने भन्दै प्रश्न गरेका छन् । रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुटबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु।प।मा लागु नहुने किनरु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएका रावलले गत साउनदेखि नेपाललाई छोडेर १० बुँदे सहमति गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका थिए । तर, नेपाल पक्षधर नेताहरुलाई उनीबाट अलग्याउन चाहेका अध्यक्ष ओलीले १० बुँदे सहमति गरेपनि सुदुरपश्चिम र केही जिल्लामा भने सो सहमति लागु नहुने बताइसकेका छन् । ओलीले १० बुँदे सहमतिको औचित्य समाप्त भैसकेको भन्दै अब त्यसको नाममा पार्टीभित्र कुनै किचलो नगर्न रावल लगायतका नेताहरुलाई चेतावनी दिँदै आएका छन् ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ५१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा