७ भदौ २०८३, आइतबार | August 23, 2026

सुदुरपश्चिममा ‘अपानी’ लागु नभएकोमा भीम रावलको आपत्ति



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदुरपश्चिम प्रदेशमा पार्टी केन्द्रीय कमिटीको अपानी लागु नभएकोमा आपत्ति जनाएका छन् ।

रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज हुने भनिएको सुदुरपश्चिम प्रदेशको बैठक १० बुँदे सहमति र अपानी १२ विपरित रहेको जिकिर गरेका छन् । रावलले बैठकलाई गुटबन्दीको नमूना भएको टिप्पणी गरेका छन् ।

उनले झापामा लागु हुने अपानी सुपमा लागु किन नहुने भन्दै प्रश्न गरेका छन् । रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुटबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु।प।मा लागु नहुने किनरु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएका रावलले गत साउनदेखि नेपाललाई छोडेर १० बुँदे सहमति गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका थिए । तर, नेपाल पक्षधर नेताहरुलाई उनीबाट अलग्याउन चाहेका अध्यक्ष ओलीले १० बुँदे सहमति गरेपनि सुदुरपश्चिम र केही जिल्लामा भने सो सहमति लागु नहुने बताइसकेका छन् । ओलीले १० बुँदे सहमतिको औचित्य समाप्त भैसकेको भन्दै अब त्यसको नाममा पार्टीभित्र कुनै किचलो नगर्न रावल लगायतका नेताहरुलाई चेतावनी दिँदै आएका छन् ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ५१ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र