१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल



डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् ।

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताएका हुन् ।

आफूहरूको पार्टी नेकपा एस भन्नुको कारण एमाले नो हुनु रहेको उनको भनाइ छ । उनले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गरे । उनले भने, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’

उनले एकीकृत समाजवादी एउटा अभियान भएको दाबी गरे । कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन नयाँ संकल्पका साथ र एमालेले आन्दोलन गरेर खडा भएको कम्युनिस्ट आन्दोलनको आदर्शको रक्षा गर्न, देश र जनताको हितमा एक ढिक्का भएर अगाडि बढ्न नयाँ पार्टी बनाएको उनको भनाइ छ।

‘आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुन्छ । आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ,’ उनले भने, ‘त्यो पाँचै दलबीच सहमति भइसकेको छ । केपी गुटको पत्तासाफ गरिदिनेछौं ।’

उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनले जिकिर गरे । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले दाबी गरे ।

भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे ।

आफूहरू अहिले कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएको उनले बताए । न्यायको पक्षमा उभिने कलम नै सही रहेछ भनेर जनताले चिन्ने उनको दाबी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : २५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर