१३ बैशाख २०८३, आइतबार | April 26, 2026

प्रचण्डको स्वकिय सचिवमा रमेश मल्ल नियुक्त, जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सचिवालयमा परिवारवादको बाहुल्यता देखिएको भन्दै आलोचना भइरहेका बेला पार्टी अध्यक्ष प्रचण्डले स्वकिय सचिवमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई नियुक्त गरेका छन् । हाल सम्म प्रचण्डको स्वकिय सचिवमा रोल्पाका माओवादी नेता जोख बहादुर महरा रहँदै आएपनि प्रचण्डमाथि परिवारवादबाट बाहिर निस्कन नसकेको आरोप लाग्दै आएको थियो ।

माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि प्रचण्डले मल्ललाई नियुक्त गरेका हुन् ।

सार्वजनिक राजनीतिक कार्यक्रमको चााँजोपाँजो स्वकिय सचिवबाट हुने भनिएपनि प्रचण्डका प्रायः सार्वजनिक कार्यक्रमहरु प्रचण्ड पुत्री गँगा दाहालबाट हुँदै आएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ११ बजे

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास