७ आश्विन २०८३, बुधबार | September 23, 2026

दम्भ घण्मडकै कारण केही शक्ति सत्ताबाट बाहिरिए : माधव नेपाल



सुनसरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तामा पुगेपछि सबैभन्दा मै ठूलो, मैले भनेको सबैले मान्नु भर्छ भन्ने दम्भीय प्रवृत्तिबाट केही शक्ति सत्ताबाट बाहिर आएको बताएका छन् । आज सुनसरीको चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरङ्कुश शक्तिको हाबी हुने बताए ।

नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै दम्भ घण्मडकै कारण केही शक्ति सत्ताबाट बाहिर आएको नेपालले बताए ।

म ठूलो मान्छे भए, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने घमण्ड आजैबाट हटाउनु पर्छ । उनले भने, ‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रो तिर पनि हिँड्ने छन् । सताउने पनि छन् र तर आफू कस्तो बन्ने भन्ने बारे चनाखो रहनु पर्छ।’

अध्यक्ष नेपालले चतरा धाम विश्व स्तरमा चिनाउन आफू प्रधानमन्त्री भएका बेला उल्लेखनीय काम गरेको बताए । मन्दिरले भरिएको देश नेपालमा विश्वका हिन्दु धर्मावलम्बीलाई दर्शन गर्ने भावना जगाउन चतराधामले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

आफू प्रधानमन्त्री भएकाले धार्मिक सङ्ग्रहालय बनाउने कामअघि बढाएको तर सरकार फेरिएकाले अघि बढ्न नसकेको बताए । अहिलेको सरकारको संस्कृति तथा नागरिक उड्डयन मन्त्री आफ्नै नेता भएकाले नेपालको कुनै एक स्थानमा धार्मिक सङ्ग्रहालय बन्ने आश्वासनसमेत दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई