३० चैत्र २०८२, सोमबार | April 13, 2026

माधव नेपाल भन्छन् – वामपन्थी शक्तिका आधार किसान हुन्



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।

नेपालले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उनले जिकिर गरे । नेपालले भने, – ‘कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी बिमुख हुन सक्दैनौँ । हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो । कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने, यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ । कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । नेपालले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको जिकिर गरे । ‘किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण छ । ‘हाम्रो शक्तिको आधार भनेको किसानहरु हुन् । किसानहरुको हित र कल्याण गर्ने कुरा नै हाम्रो राजनीतिको मूल विषय हो’, उनले भने,

नेपालले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनुपर्ने बताए । अध्यक्ष नेपालले अव्यवस्थित रुपमा बसोबास गर्नेहरुलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ५२ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।