२९ भदौ २०८३, सोमबार | September 14, 2026

डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क प्रदान गर्ने



काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : २१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ