३ पुस २०८२, बिहिबार | December 19, 2025

माओवादी राष्ट्रिय सम्मेलनमा प्यानल उम्मेद्वारी दिन नपाइने



काठमाडौं । नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने पार्टीकाे राष्ट्रिय सम्मेलनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ ।

राष्ट्रिय सम्मेलनमामा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ ।

माअ‍ोवादीले राष्ट्रिय सम्मेलनमाका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ ।

सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले राष्ट्रिय सम्मेलनमा प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ । राष्ट्रिय सम्मेलनमाले २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ४९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको