२१ चैत्र २०८२, शनिबार | April 4, 2026

राप्रपा महाधिवेशन : भृकुटीमण्डपमा उद्घाटन हुने, ४५ सय प्रतिनिधिले भाग लिने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् ।

महाधिवेशनमा देश तथा विदेशबाट गरी चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ । ‘भृकुटीमण्डपमा चार दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने छन्,’ प्रचार बिभागका संयोजक मोहन श्रेष्ठले न्युज कारखानासँग भने, ‘महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशवाट नेपाल आउने छन् ।’ उनका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभाबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ ।

प्रत्येक प्रदेशस्तरबाट हुने निर्वाचनबाट ९-९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने मंसिर ३ गतेबाट मतदान प्रक्रिया सुरु हुनेछ । ‘भोलिदेखि सुरु हुने आन्तरिक निर्वाचनबाट ३ सय ३० प्रदेशबाट ९-९ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्,’ श्रेष्ठले भने ।

उनका अनुसार खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशबाट नौ जना प्रतिनिधि चयन हुँदैछन् । त्यसैगरी, २६ देशमा संगठन विस्तार गरेको राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ४-४ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ५४ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा