२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, तीन बालकको मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ५३ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक