१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

केपी ओलीको बोलिलाई जनताले विश्वास गर्न छोडे : माधव नेपाल



जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताएका छन् ।

मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठन बन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गर्नेपछि नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताए ।

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरि र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमाले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित छ ।’ओलीको प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशन पश्चात् एमाले पार्टी फुट्ने निश्चित रहेको उनले बताए ।

समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचार विरुद्ध सजग र सतर्क रहन अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका धनुषा जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश २ संयोजक धर्मनाथ साह, प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ०८ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत